शिक्षा सबैका लागि, अवसर सबैका लागि
हामीले शिक्षालाई अभियानका रूपमा लिएका छौं।
यसलाई प्रभावकारी बनाउन हामीले शिक्षा क्षेत्रलाई दुई भागमा विभाजन गरेका छौं:
- आधारभूत शिक्षा (कक्षा १२ सम्म)
- उच्च शिक्षा (विशेष गरी व्यावसायिक/प्रोफेशनल शिक्षा)
दुवैका लागि छुट्टाछुट्टै स्पष्ट योजना तयार गरिएको छ।
आधारभूत शिक्षा (Basic Education)
हाम्रो लक्ष्य उपलब्ध संरचना र स्रोतसाधनभित्रै शिक्षाको गुणस्तर सुधार गर्नु हो।
यसका लागि अन्तर्राष्ट्रिय स्तरका शिक्षा विशेषज्ञहरूको मार्गदर्शनमा स्वयंसेवक टोली गठन गरिनेछ, जसले गाउँ–गाउँमा पुगेर निम्न कार्य गर्नेछ:
- विद्यालय छोडेका विद्यार्थी र अभिभावकलाई फेरि विद्यालयमा फर्किन प्रेरित गर्ने, निगरानी र मार्गदर्शन गर्ने।
- जडस्तरमै काम गरी विद्यार्थीमा आत्मविश्वास बढाउने र शिक्षाको महत्व बुझाउने।
- हाम्रो क्षेत्रको शिक्षा प्रणाली पछाडि पर्नुका कारणहरूको अध्ययन गरी सुधारका उपाय लागू गर्ने।
- समाजमा शिक्षामैत्री वातावरण र सकारात्मक सोच विकास गर्ने।
उच्च शिक्षा (Higher / Professional Education)
युवाहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न, उच्चस्तरीय डिग्री इन्जिनियरिङ्ग कलेज स्थापना गर्ने दृढ सङ्कल्प गरेको छु।
दीर्घकालीन रूपमा हाम्रो क्षेत्रमा विश्वस्तरीय व्यावसायिक उच्च शिक्षालय स्थापना गर्ने योजना छ।
स्थानीय रूपमा बलियो शिक्षा प्रणाली तयार नहुँदासम्म, वि.सं. २०८३ सालदेखि हामीले प्रत्येक वर्ष पूर्ण छात्रवृत्तिको व्यवस्था गर्नेछौं।
अहिलेसम्म मैले आफ्नै प्रयासबाट भारतका शीर्ष शैक्षिक संस्थाहरूमा वर्ष २०८३ का लागि लगभग ८०० पूर्ण छात्रवृत्ति उपलब्ध गराइसकेको छु।
यस प्रक्रिया अझ सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न मलाई तपाईंहरूको साथ र विश्वास आवश्यक छ।
यी अवसरहरू योग्यता का आधारमा, बिना कुनै भेदभाव प्रदान गरिनेछ।
तपाईंको समर्थनले मलाई अझ सशक्त बनाउनेछ र भविष्यमा अझ धेरै विद्यार्थीलाई अवसर दिलाउन मद्दत गर्नेछ।
वर्ष २०८३ को छात्रवृत्तिका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।
