स्वाभिमान पार्टी | प्रतिनिधि सभा क्षेत्र सप्तरी–१ सम्पर्क: ९८०१६६९१२३
सुमित साह प्रोफाइल ब्यानर

प्रतिनिधि सभा क्षेत्र, सप्तरी–१ को समग्र विकासका लागि मेरो १० बुँदे सङ्कल्प

५ सुनिश्चित ग्यारेन्टी: यी पाँच पहलहरू म आफ्नै प्रयास, अनुभव र व्यक्तिगत सञ्जालको सहकार्यमा अवश्य कार्यान्वयन गर्नेछु र यसको पूर्ण जिम्मेवारी मेरो नै हुनेछ।

५ पूर्ण समर्पित प्रयास: जसका लागि म आफ्नो सम्पूर्ण क्षमता, समय र ऊर्जा लगाएर निरन्तर पहल गर्नेछु।

५ सुनिश्चित ग्यारेन्टी

१. स्वरोजगार / रोजगारी

स्वरोजगार, स्थानीय रोजगारी वा वैदेशिक रोजगारीमा जान इच्छुकका लागि आगामी ६ महिनाभित्र 'एकीकृत युवा विकास केन्द्र (IYDC)' स्थापना गरी आवश्यक परामर्श, तालिम र सहजीकरण उपलब्ध गराइनेछ।

स्वरोजगार / रोजगारीका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्

२. शिक्षा

  • विद्यालय छोडेका बालबालिकालाई पुनः भर्ना गराउन “एक वडा : एक शिक्षा स्वयंसेवक टोली” गठन गरिनेछ।
  • उच्च र व्यावसायिक शिक्षा अध्ययनका लागि वार्षिक ८०० विद्यार्थीलाई योग्यता र आवश्यकता (Merit–Need) का आधारमा छात्रवृत्ति सुनिश्चित गरिनेछ।

वर्ष २०८३ को छात्रवृत्तिका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्

३. स्वास्थ्य

  • पाँचवटै स्थानीय तहमा आधुनिक स्वास्थ्य कियोस्क (Health ATM) जडान गरिनेछ।
  • टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ डाक्टरहरूसँग सिधै भिडियो परामर्श उपलब्ध गराइनेछ।

४. किसान

  • किसान सूचना केन्द्रमार्फत बीउ, मल, सिँचाइ, रोग-कीरा नियन्त्रण, अनुदान र कृषि बीमासम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
  • “सप्तरी पेडा” को ब्रान्डिङ गरी आधुनिक उत्पादन, परीक्षण र अनलाइन बजारसँग जोडिनेछ।

५. महिला सशक्तिकरण

  • प्रत्येक पालिकामा महिला उत्थान केन्द्र स्थापना गरी आयआर्जनमूलक तालिम सञ्चालन गरिनेछ।
  • लैङ्गिक हिंसा, बालविवाह र भेदभाव विरुद्ध कानुनी सहायता र हेल्प डेस्कको व्यवस्था गरिनेछ।
  • महिला स्वयं सहायता समूह (SHG) र सहकारीलाई माइक्रोलोन र बजार पहुँचमा सहयोग गरिनेछ।
  • महिलाहरूका उत्पादनलाई हाटबजार र अनलाइन प्लेटफर्मसँग जोडिनेछ।

५ पूर्ण समर्पित प्रयास

१. सुदृढ स्वास्थ्य सेवा

  • १०० शय्याको बहु-विशेषज्ञ अस्पताल स्थापना गरिनेछ।
  • प्रत्येक पालिकामा सर्पदंश उपचार केन्द्र, २४ घण्टा सेवा र एम्बुलेन्स सुविधा।
  • ६० वर्षभन्दा माथिका लागि गाउँ–बजार घुम्ती डाक्टर सेवा।
  • असहाय, गर्भवती, अपाङ्ग तथा हिंसापीडित महिलाका लागि एम्बुलेन्स सुविधा।

२. पूर्वाधार विकास

  • बस स्टप शेड निर्माण (राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था नजिक)।
  • बजार/हाट शेड निर्माण (किसान र साना व्यवसायका लागि)।
  • सरसफाइ, खानेपानी, फोहोर व्यवस्थापन र महिला–मैत्री शौचालय प्रवर्द्धन।

३. कृषि क्रान्ति

  • केरा खेतीको व्यावसायीकरण र प्रशोधन प्रणाली विकास।
  • सहकारीमार्फत उत्पादनलाई ठूला बजार र छिमेकी देशसम्म पहुँच।
  • कम्पोष्ट मल उद्योगमा जोड।

४. कोशी टप्पु

वन्यजन्तु आरक्ष आसपासका बस्तीहरूको सुरक्षा, तटबन्ध, संरचना, बीमा तथा क्षतिपूर्तिका लागि बजेट सुनिश्चित गरिनेछ।

५. खेलकुद र युवा नेतृत्व विकास

  • खेलमैदान संरक्षण र निर्माण।
  • ट्यालेन्ट हन्ट र कोचिङ क्याम्प सञ्चालन।
  • खेलकुदलाई रोजगारीसँग जोड्न तालिम र सहुलियत ऋण।

पारदर्शी योजना

  • योजनामा सबै समुदायको सहभागिता सुनिश्चित गरिनेछ।
  • बजेट, समयसीमा र प्रगति विवरण सार्वजनिक गरिनेछ।

तपाईंको विश्वास पाएँ भने यी सङ्कल्पहरूलाई वास्तविकतामा रूपान्तरण गर्न म आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नेछु।

यो केवल मेरो सङ्कल्प होइन — हाम्रो साझा सपना हो।

आउनुहोस्, सँगै सोचौँ। सँगै गरौँ। सँगै जितौँ।

मिलेर सप्तरी–१ लाई सम्मान, अवसर र आशाले भरिएको उत्कृष्ट क्षेत्र बनाऔं।

धन्यवाद।
सुमित साह
उम्मेदवार, प्रतिनिधिसभा सदस्य – सप्तरी–१
स्वाभिमान पार्टी
जय विकास। जय जनता। जय स्वाभिमान।

विकासको महाअभियानमा हामीसँग जोडिनुहोस्!
सम्पर्क: ९८०१६६९१२३

यो केवल व्यक्तिगत सङ्कल्प होइन, हाम्रो साझा सपना र साझा भविष्यको आधार हो। “सँगै सोचौँ, सँगै गरौँ, सँगै जितौँ।”

होममा फर्किनुहोस्