स्वाभिमान पार्टी | प्रतिनिधि सभा क्षेत्र सप्तरी–१ |सम्पर्क: ९८०१६६९१२३
सुमित साह प्रोफाइल ब्यानर

सुमित साह

परिणाममुखी नेतृत्व, जरा तहबाट विकास

सुमित साह किन?

सप्तरी निर्वाचन क्षेत्र नं. १ का आदरणीय जनसमुदायमा मेरो सप्रेम नमस्कार ।

म सुमित साह, प्रतिनिधिसभा सदस्यका लागि सप्तरी–१ बाट स्वाभिमान पार्टीको उम्मेदवारको रूपमा तपाईंहरूको सेवामा उपस्थित छु।

भारतमा इन्जिनियरिङ अध्ययन पूरा गरी बैंगलोर, मुम्बई र दिल्लीजस्ता विकसित औद्योगिक सहरहरूमा व्यवसाय र उद्योग सञ्चालन गर्दा मैले व्यावसायिक सफलता र अवसरहरूलाई नजिकबाट अनुभव गरें । तर, ती भौतिक सफलताले मेरो मनमा कहिल्यै पूर्ण सन्तुष्टि दिएन ।

मेरो जरा, मेरो पहिचान र मेरो आत्मा यही माटोमा छ । यही आत्मबोधका कारण म आफ्नो बाँकी जीवन जन्मभूमिको सर्वाङ्गीण विकासमा समर्पित गर्न चुनावी मैदानमा उभिएको छु ।

मेरो पुजनीय बुवा, पूर्वमन्त्री श्री नवलकिशोर साह (रामबाबु) ले यस क्षेत्रको सेवा र त्यागबाट आर्जन गर्नुभएको अटुट जनविश्वास नै मेरो प्रेरणाको मुख्य आधार हो। उहाँको निष्ठापूर्ण यात्रालाई निरन्तरता दिँदै, म आफूलाई इमानदार, पारदर्शी र परिणाममुखी जनप्रतिनिधिको रूपमा तपाईंहरूसामु प्रस्तुत गर्दछु ।

म ठूला भाषण र आश्वासनमा होइन, साना तर गहिरो प्रभाव पार्ने ‘जमीनी’ काममा विश्वास गर्छु ।

विकास योजनामा युवा, किसान, श्रमिक, महिला, दलित र जनजाति समुदायको आवाज केन्द्रमा राखिनेछ ।

हरेक योजनाको बजेट, समयसीमा र प्रगति विवरण सार्वजनिक गरी पूर्ण पारदर्शिताका साथ कार्यान्वयन गरिनेछ ।

तपाईंहरूको विश्वास, साथ र आशीर्वाद पाएँ भने, मेरो सङ्कल्पहरूलाई व्यवहारमा उतार्न म आफ्नो सम्पूर्ण क्षमता, प्राविधिक ज्ञान र सञ्जाल पूर्ण रूपमा परिचालन गर्नेछु।

यो केवल मेरो सङ्कल्प होइन — हाम्रो साझा सपना हो।

आउनुहोस्,
सँगै सोचौँ।
सँगै गरौँ।
सँगै जितौँ।

मिलेर सप्तरी–१ लाई सम्मान, अवसर र आशाले भरिएको उत्कृष्ट क्षेत्र बनाऔं ।

धन्यवाद ।
सुमित साह
उम्मेदवार, प्रतिनिधिसभा सदस्य - सप्तरी - १
स्वाभिमान पार्टी
जय विकास। जय जनता। जय स्वाभिमान ।

विकासको महाअभियानमा हामीसँग जोडिनुहोस्!
सम्पर्क: ९८०१६६९१२३

अहिल्यै सम्पर्क गर्नुहोस्