म सुमित साह, प्रतिनिधिसभा सदस्यका लागि सप्तरी–१ बाट स्वाभिमान पार्टीको उम्मेदवारको रूपमा तपाईंहरूको सेवामा उपस्थित छु।
भारतमा इन्जिनियरिङ अध्ययन पूरा गरी बैंगलोर, मुम्बई र दिल्लीजस्ता विकसित औद्योगिक सहरहरूमा व्यवसाय र उद्योग सञ्चालन गर्दा मैले व्यावसायिक सफलता र अवसरहरूलाई नजिकबाट अनुभव गरें। तर, ती भौतिक सफलताले मेरो मनमा कहिल्यै पूर्ण सन्तुष्टि दिएन।
मेरो जरा, मेरो पहिचान र मेरो आत्मा यही माटोमा छ। यही आत्मबोधका कारण म आफ्नो बाँकी जीवन जन्मभूमिको सर्वाङ्गीण विकासमा समर्पित गर्न चुनावी मैदानमा उभिएको छु।
विस्तृत पढ्नुहोस् →