स्वाभिमान पार्टी | प्रतिनिधि सभा क्षेत्र सप्तरी–१ |सम्पर्क: ९८०१६६९१२३
सुमित साह प्रोफाइल ब्यानर

हरेक हातको रोजगारी, हाम्रो पहिलो जिम्मेवारी

सुमित साहद्वारा सुरु गरिएको पहल

क्षेत्रमा बेरोजगारी सबैभन्दा ठूलो चुनौती हो। मेरो टिम, विदेशमा उद्योगमा रहेका साथीहरू, NGO र INGO हरुको सहयोगमा हामी हरेक हातका लागि काम सुनिश्चित गर्न प्रतिबद्ध छौं।

यसका लागि हाम्रो क्षेत्रमा Integrated Youth Development Centre (IYDC) स्थापना गर्ने योजना बनाएका छौं, जसले तालिम, मार्गदर्शन र रोजगारी समर्थन प्रदान गर्नेछ।

स्वरोजगार

व्यक्तिगत र समूहलाई आत्मनिर्भर बनाउने उद्देश्य

स्थानीय रोजगारी

समुदायमा दिगो रोजगार सिर्जना गर्ने उद्देश्य

वैदेशिक रोजगारी

सुरक्षित, कानूनी र लाभदायी वैदेशिक रोजगारीको अवसर

IYDC मार्फत, हरेक हातले काम, सिकाइ र प्रगति पाउनेछ।

हामी सँगै बेरोजगारी घटाउने, युवालाई सशक्त बनाउने र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य राख्छौं।

यो कार्य मेरो पहलमा पहिले नै सुरु भइसकेको छ र निरन्तर प्रगतिमा रहेको छ।

यस महाअभियानलाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न मलाई तपाईंहरूको साथ, सहयोग र विश्वास आवश्यक छ।

तपाईंहरूको समर्थनले मलाई अझ सशक्त बनाउनेछ र अधिकतम आगामी ६ महिनाभित्र यस अभियानलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

स्वरोजगार / रोजगारीका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।