स्वाभिमान पार्टी | प्रतिनिधि सभा क्षेत्र सप्तरी–१ |सम्पर्क: ९८०१६६९१२३
ब्यानर
जनताको साथमा, जनताको लागि

समृद्ध र आत्मनिर्भर सप्तरी–१ निर्माणको साझा अभियान

शिक्षा, रोजगारी, स्वास्थ्य, महिला सशक्तीकरण, किसान हित र आधुनिक पूर्वाधारलाई केन्द्रमा राखेर स्वाभिमान पार्टी अन्तर्गत सुमित साहको नेतृत्वमा परिणाममुखी विकास महाअभियान अगाडि बढिरहेको छ।

८००वार्षिक छात्रवृत्ति लक्ष्य
६ महिनाIYDC स्थापना लक्ष्य
५+५ग्यारेन्टी + समर्पित प्रयास

सुमित साह किन?

सप्तरी निर्वाचन क्षेत्र नं. १ का आदरणीय जनसमुदायमा मेरो सप्रेम नमस्कार ।

सुमित साह

म सुमित साह, प्रतिनिधिसभा सदस्यका लागि सप्तरी–१ बाट स्वाभिमान पार्टीको उम्मेदवारको रूपमा तपाईंहरूको सेवामा उपस्थित छु।


भारतमा इन्जिनियरिङ अध्ययन पूरा गरी बैंगलोर, मुम्बई र दिल्लीजस्ता विकसित औद्योगिक सहरहरूमा व्यवसाय र उद्योग सञ्चालन गर्दा मैले व्यावसायिक सफलता र अवसरहरूलाई नजिकबाट अनुभव गरें। तर, ती भौतिक सफलताले मेरो मनमा कहिल्यै पूर्ण सन्तुष्टि दिएन।


मेरो जरा, मेरो पहिचान र मेरो आत्मा यही माटोमा छ। यही आत्मबोधका कारण म आफ्नो बाँकी जीवन जन्मभूमिको सर्वाङ्गीण विकासमा समर्पित गर्न चुनावी मैदानमा उभिएको छु

विस्तृत पढ्नुहोस् →

मेरो १० बुँदे सङ्कल्प

प्रतिनिधि सभा क्षेत्र सप्तरी–१ को समग्र विकासका लागि जीवनमा प्रत्यक्ष प्रभाव पार्नेिकास रोडम्याप।

५ सुनिश्चित ग्यारेन्टी

यी म अवश्य कार्यान्वयन गर्नेछु र यसको पूर्ण जिम्मेवारी मेरो हुनेछ।

रोजगारी, शिक्षा, स्वास्थ्य, किसान र महिला सशक्तीकरणमा समयबद्ध कार्यान्वयन।

५ समर्पित प्रयास

जसका लागि म आफ्नो सम्पूर्ण क्षमता, समय र ऊर्जा लगाएर निरन्तर पहल गर्नेछु |

कोशी टप्पु सुरक्षा, खेलकुद, युवा नेतृत्व, पारदर्शिता र समावेशी विका समा निरन्तर पहल |

विस्तृत पढ्नुहोस् →

स्वरोजगार/रोजगारी दर्ता

हरेक हातलाई काम: तालिम, परामर्श र अवसरको एकीकृत प्लेटफर्म।

IYDC मार्फत स्थानीय, स्वरोजगार र सुरक्षित वैदेशिक रोजगारीका लागि सीप विकास, माइक्रोलोन, मेन्टोरशिप र रोजगार सहजीकरण सञ्चालन गरिनेछ।

विस्तृत पढ्नुहोस् →

२०८३ छात्रवृत्ति दर्ता

योग्यता र आवश्यकताको आधारमा पूर्ण छात्रवृत्ति।

आधारभूत शिक्षा सुधार अभियानसँगै उच्च/व्यावसायिक शिक्षाका लागि वार्षिक ८०० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य।

विस्तृत पढ्नुहोस् →

विकास कार्य सूची

सप्तरी–१ का विभिन्न पालिकामा सम्पन्न तथा प्रगतिमा रहेका पूर्वाधार र सामाजिक विकास कार्यहरू।

सडक, स्वास्थ्य, शिक्षा, धार्मिक/सांस्कृतिक स्थल, सिंचाइ, नदी नियन्त्रण, खेलकुद र सामुदायिक भवनलगायत सयौं परियोजना सूचीबद्ध छन्।

विस्तृत पढ्नुहोस् →

विकासमा सहभागी बनौँ

रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार रूपान्तरणको सामूहिक अभियान।

यो अभियान कुनै एक व्यक्तिको होइन, सम्पूर्ण सप्तरी–१ को साझा जिम्मेवारी हो। सुझाव, सहभागिता र स्वयम्सेवा मार्फत प्रत्यक्ष जोडिन सकिन्छ।

विस्तृत पढ्नुहोस् →

सम्पर्क

अभियानसँग जोडिन, सुझाव दिन र दर्ता सहायताका लागि।

मुख्य सम्पर्क

सुमित साह अभियान कार्यालय, सप्तरी–१

फोन: ९८०१६६९१२३

इमेल: info@saptarione.com